FAQs Complain Problems

चिङ्गाड गाउँपालिकाको कार्यालय अवलचिङ्ग

Read More

भैरव माध्यमिक विद्यालय अवलचिङ्ग

Read More

जनता मावि रानिवास

Read More

चिङ्गाड गाउँपालिकाको वेवसाइटमा तपाईहरुलाई स्वागत छ ।

सुर्खेत जिल्लाको उत्तर पृर्वमा रहेको यो क्षेत्र अधिकांश भुभाग पहाडी क्षेत्रले बनेको छ । साविकका, रजेना,रानीवास,मटेला,अवलचिङ्ग,पाम्का गा.वि.स हरु मिलेर चिङ्गाड गाउँपालिका बनेको छ । तुलानात्मक रुपमा गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ३१' ५०'' उत्तर देखि २८ ४३' ५०'' उत्तर सम्म र देशान्तर ८१ ४४' ५१'' पूर्व देखि  ८१५५' १४'' पूर्व सम्म  फैलिएको छ । हाल प्रस्तावित यस गाउँपालिकाको २०७८ सालको राष्टिय  जनगणना अनुसार कुल जनसङ्ख्या १५ हजार ७ सय ५२ जना रहेकोमा पुरुष ७ हजार ४ सय ०५ जना र  महिला ८ हजार ३ सय ४७ जनारहेका छन् । भने क्षेत्रफल १७०.१ वर्ग कि मि रहेको छ। पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा जातिय रुपमा ब्राहमण,क्षेत्री,मगरहरुको बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षेत्रमा खेतीयोग्य जमिनका अतिरिक्त ठुलो भू-भाग जंगलले ढाक्नुका साथै भिरालो जमिनले बनेको  हुँदा यस क्षेत्रका मानिसहरु जिपिकोपार्जनका लागि कृषि,पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यावसायमा संलग्न रहेका छन्  । अहिले पनि बाह्रै महिना सडक यातायातका पहुँच बाट बंचित यस क्षेत्रकका समुदायको समथर जमिनको अत्यन्त अभाव रहेको छ। यस गाउँपालिकालाई ६ वटा वडाहरुमा विभाजन गरिएको छ । जसमा साविकको रजेना गा.वि.स. लाई वार्ड नं. १ ,रानीवास गा.वि.स.लाई वार्ड नं. २,मटेला गा.वि.स. लाई वार्ड नं. ३ र ४,अवलचिङ्ग गा.वि.स. लाई वार्ड नं. ५ र पाम्का गा.वि.स.लाई वार्ड नं. ६ मा विभाजन गरिएको छ । यस गाउँपालिकाको केन्द्रको रुपमा हाललाई साविकको अवलचिङ्ग गा.वि.स. हाल वार्ड नं. ५ लाई तोकिएको छ ।  वडा नं.  १, रजेना साविकका वडा हरु १ देखि ९ सम्म क्षेत्रफल ४०.१७ परिवार संख्या ५५६ जनसंख्या ३०६२ रहेको छ । यसै गरी २ नं. वडा कार्यालय रानीवास   साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल ३७.१४ परिवार संख्या ५७१ र जनसंख्या ३६४३ यस्तै ३ नं. वडा  मटेला साविकका वडाहरु ६,७,८,९  र क्षेत्रफल १९.१९ ,परिवार संख्या ५४१ र जनसंख्या २७५८ रहेको छ । यस्तै ४ नं. वडा कार्यालय मटेला  साविकका वडाहरु १,२,३,४,५ क्षेत्रफल ३२.१८, परिवार संख्या ४८० र जनसंख्या ३३०४ रहेको छ । यस्तै ५ नं. वडा  अवलचिङ्ग साविकका वडाहरु १ देखि ९ सम्म र क्षेत्रफल १४.४१ ,परिवार संख्या ३८६,र जनसंख्या २३३८ रहेको छ । यस्तै ६ नं. वडा कार्यालय पाम्का  साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल २७,परिवार संख्या ३८९,र जनसंख्या २१७० रहेको छ । 

 

 

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
योजना अधिकृत छैठौ
9860300756
इन्जिनियर
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

निवदेन पत्र 

बालकको बावु/ आमाको नागरिकता

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्ललय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बाट जारी बसाई सराईको कागजात
  • जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने।
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
  • जाने - आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, न्यायीक समितिको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्ललय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क / म्याद नाघि आएमा रु ५०/
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित बडाको हुनु पर्ने ।
  • अनुसूचि फारम भरि ल्याउनु पर्ने
सेवा प्रकारः-
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, कार्यालय सहायक तता राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्कः- निय‍मानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्शा स्वीकृत प्रमाण पत्र र नक्शाको प्रतिलिपि
  • भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
  • नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • मालपोत तिरेको रसिद
  • नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि
  • मूल्याङ्कन प्रतिवेदन वा रिपोर्ट
सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता ग व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव, आर्थिक विकास शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति र कारोवार हेरी नियमानुसार लाग्ने शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणापत्रको प्रमाणित प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर भए टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चारात्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
  • पाँच प्रति फोटो
  • विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बासाँईसराइको प्रमाण पत्रको प्रतिलिपि
  • दुवैकान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारकोहकमा सम्बन्धित कार्यालयको सिफारिस
  • नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- छोरी खाता
सेवा समयः- सोही दिन , सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- महिला विकाश शाखा, र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा गाउँपालिका कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१ . छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त  सुडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा सोको प्रमाणपत्रको प्रतिलिपि । 

जानकारी